नियम ४
परिवारको लगत
(१) व्यक्तिगत घटना दर्ता गर्ने प्रयोजनको लागि परिवारको लगत तयार पार्न नेपाल सरकारले आवश्यक कर्मचारी खटाई अनुसूची-१ बमोजिमको ढाँचामा परिवारको लगत तयार गर्न लगाउन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको परिवारको लगत पंजिकाधिकारीको कार्यालयमा राखिने छ र नियम १३ बमोजिम स्थानीय पंजिकाधिकारीले पठाएको व्यक्तिगत घटना दर्ताको मासिक विवरण अनुसार सम्बन्धित परिवारको लगतमा आवश्यकता अनुसार थपघट गरिनेछ ।